सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा, घाईतेको उपचार हुँदै

लोकपथ
0
Shares

काठमाडौँ – काठमाडौँ महानगरपालिका – १४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज (सोमबार) विद्युत चुहावट हुँदा लागेको आगो नियन्त्रणमा आएको छ ।

आगलागीमा परी घाइते भएका दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । आगलागीको जानकारी पाउनेबित्तिकै पुगेको प्रहरीले २३ जनालाई अपार्टमेन्टभित्रका कोठाबाट उद्धार गरेको थियो ।

आज सोमबार दिउँसो २ बजे लागेको आगो १ घण्टा नियन्त्रणबाहिर थियो ।

महानगरीय प्रहरी परिसरका अनुसार विद्युत चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको हो ।

प्रहरीका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?