२० हजार डलरको युनेस्को पुरस्कार पाए ‘चट्याङ मास्टर’ ले

लोकपथ
0
Shares

काठमाडौं । जेष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ नेपाल नामक संस्थाले २० हजार अमेरिकी डलर राशीको युनेस्को किङ् सेजोङ् साक्षरता पुरस्कार प्राप्त गरेको छ।

विश्वका दुई देशका संस्थाले पाएको सो पुरस्कार मध्ये नेपालको एजिङ नेपाल ले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो ।

युनेस्कोले दिएको यो पुरस्कार जेष्ठ नागरिक शिक्षाको पहिलो पुरस्कार हो।

सन् २०२० का लागि प्रदान गरिएको सो पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर)लाई किङ् सेजोङ् युनेस्को पुरस्कार हस्तान्तरण गरे ।

पुुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यती ठुलो राशीको पुस्कार पाउनु गौरबको विषय भएको बताए ।

पुरस्कृत संस्थाका अध्यक्ष गौतमले संस्थाको टीमले गरेको अथक मेहेतनको कारण विश्व चर्चित पुरस्कार पाउन सफल भएको बताए ।

पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेको थियो ।

कोरियाका चौथो राजा सेजोङको नाममा सो पुरस्कार स्थापित भएको हो । पुरस्कार सन् १९८९ मा स्थापना भएको हो ।

Photo :google

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?