प्रदेश १ बाट तीन सांसदले फिर्ता लिए अविश्वास प्रस्तावको हस्ताक्षर

लोकपथ
0
Shares

काठमाडौं – प्रदेश – १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रति असहमति जनाउँदै आएका उनीहरुले आज (सोमबार) विज्ञप्तिमार्फत् अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएका हुन् ।

ओली पक्षमा आउने प्रदेश सांसदहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली छन् ।

सांसद बुढाथोकी र मैनालीले वामदेव गौतमको एकता अभियानमा लागेको बताउँदै नेकपाकै सरकारविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?