बालुवाटार पुगेर दाहाल-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई बुझायो स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (सोमवार) दाहाल नेपाल पक्षले यो पत्र बुझाएको हो ।

माघ २ गते (शुक्रवार) बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उक्त निर्णयानुुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेको श्रोतले बताएको छ ।

यो पनि

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?