बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव रेग्मी नियुक्त

काठमाडौं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई सोमवार राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

गत असोज १५ गते मुख्यसचिव पदबाट राजीनामा दिएका रेग्मीलाई सरकारले राजदूत सिफारिस गरेको थियो ।

त्यस्तै उनीसँगै अमेरिकाका लागि नेपाली राजदूतमा डा युवराज खतिवडालाई रिफारिस गरेको थियो । साथै डा खतिवडा भने यस अघि नै राजदूत नियुक्त भइसकेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?