२१ जेष्ठ २०८०, आईतवार

सांसद विकास कोषबाट एम्बुलेन्स उपहार

२०७४,आश्विन,१७,मंगलवार ०७:२६

0
Shares

अछाम, १७ असोज ।सांसद जानकी साउद रावलले दुर्गम गाउँका लागि नयाँ एम्बुलेन्स खरिद गरेका छन ।रामारोशन गाउँपालिकास्थित भटाकाँटिया स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको सांसद रावलले जानकारी दिए । अछामका दुर्गम ठाउँका बिरामीलाई स्वास्थ्य संस्थाले अन्यत्र उपचारका लागि सिफारिस गर्दा उपचार गर्न डोको तथा बोकेर लानुपर्ने समस्या समाधान होस् भन्ने उद्देश्यले एम्बुलेन्स ल्याइएको उनले बताए ।उनले भने, “आर्थिक वर्ष २०७३/७४ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत एम्बुलेन्स खरिद गरिएको हो, एम्बुलेन्स अछाम पुगिसकेको छ अब केही दिनमै एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने छ ।उनले आव २०७१/७२ मा सांसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकलाई एम्बुलेन्स उपलब्ध गराएका हुन । अछामको पूर्वी क्षेत्रमा एम्बुलेन्स सेवा शुरु भएपछि त्यहाँका बिरामीले जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल, धनगढी, सुर्खेत, नेपालगञ्ज, काठमाडौँ र भारतसम्म सजिलै जान पाएका छन् ।अछाममा सबैभन्दा बढी महिलाले स्वास्थ्य समस्या भोग्नुपरेकाले सुत्केरी हुन नसकेर उपचारका लागि अन्यत्र सिफारिस भएका महिला तथा आपत्कालीन समस्यामा परेका जनतालाई एम्बुलेन्सबाट धेरै राहत पुग्नेछ । रामारोशन सांसद रावलको जन्म गाउँसमेत हो । 

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१