प्रधानमन्त्री कप : बागमती प्रदेशको लगातार दोस्रो जित

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले पराजित गर्दै बागमतीले लगातार दोस्रो जित हात पारेको हो ।

बागमतीले दिएको ३ सय रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २१ ओभरमा अलआउट हुँदै १ सय १९ रन मात्र बनायो ।सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए । यस्तै अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए ।

No description available.

बागमतीको कसिलो बलिङसामु अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । सुदूरपश्चिमका ६ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।
बागमतीका रामनरेश गिरिले ४ विकेट लिए ।

नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले समान १-१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो ।

जितसँगै बागमतीले २ खेलमा ४ अंक जोडेको छ । बागमती समूह बी को शीर्ष स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?