प्रधानमन्त्री ओलीले सधैँ सत्ता टिकाउन खाजेको माधवकुमार नेपालको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड(नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सधैँ सत्ता टिकाउन लागेको आरोप लगाएका छन् ।

संसद विघटन गरेर चुनाव घोषणा गरेपनि चुनाव नहुने बताउँदै प्रधानमन्त्री ओलीले जसरी पनि सत्ता टिकाउन खोजेको आरोप लगाएका हुन् ।

सोमवार (आज) राजधानीमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् । उनले भने, ‘उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ ।

साथै प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दुरुपयोग गरेको समेत आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले आफूहरुसँग स्पष्ट बहुमत भएको दाबी गर्दै सूर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरेका छन् । नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका ओलीको सूर्य अस्ताउँदो रहेको टिप्पणी गरे । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउदो सूर्य चिन्ह त हाम्रो हो’ । उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?