टोखाको गेष्ट हाउसमा एक जना मृत फेला

लोकपथ
0
Shares

काठमाडौं । टोखा नगरपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् ।

टोखा नगरपालिका-९ दिपज्योतीस्थित सफर गेष्ट हाउसको काउण्टरमा काम गर्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका घर भएका ४० वर्षीय राज कार्की सोही गेष्ट हाउसको काउण्टर कक्षमा सुतिरहेको अवस्थामा सोमवार बिहान मृत फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?