प्रधानमन्त्री कप : गण्डकी प्रदेशको पहिलो जित

लोकपथ
0
Shares

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा सोमवार प्रदेश नम्बर-१ लाई २ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित हात पारेको हो ।

प्रदेश-१ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । गण्डकीको जितमा अर्जुन कुमाल र दिपक डुम्रेले समान ३५र३५ रन बनाए । अविशेक थापाले अविजित १३ रन बनाए । प्रदेश-१ का मिनास थापा र शुभशंकर उराले २-२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २७ ओभर ४ बलमा अलआउट भएर १ सय २ रन बनाएको थियो । प्रदेश-१ का कप्तान सिद्दान्त लोहनीले २४ रन बनाए । मिनास थापा २२ रनमा आउट भए ।

यस्तै शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए ।

प्रदेश-१ लाई सस्तैमा समेट्न गण्डकीका विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेका थिए ।

यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए ।

जितसँगै समूह ए मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ । प्रदेश-१ को यो लगातार दोस्रो हार हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?