प्रचण्ड-नेपाललाई बाबुरामको प्रश्न : अझै सत्तामा जान खोजिरहनुभएको हो ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई आफ्नो कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित एक अन्तर्किया कार्यकममा बोल्दै नेता भट्टराईले संसद विघटनपछि देश गम्भीर मोडमा गएको बताउँदै प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्री ओलीलाई कारबाही गर्नतर्फ नलाग्नुले शंका उत्पन्न भएको बताए । संसद विघटन गर्ने ओलीको कदमलाई डा भट्टराईले विदेशी शक्तिहरुको इशारामा रहेको समेत आरोप लगाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले भने- “केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न ? तपाईंहरूले कित्ता क्लियर गर्नुस्,” ।

ओलीमाथि कारबाहीको प्रक्रिया अघि नबढाएको भन्दै अझै पनि प्रचण्ड नेपाल समूह सत्तामा जान खोजिरहेको हो कि भन्दै प्रश्न समेत गरेका छन् । “तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन ?” उनले भने ।

प्रचण्डको बोलिको भर नहुने भन्दै सत्तामा जाने प्रचण्ड-नेपाल समूहको दाउ भएको हुनसक्ने कांग्रेसले समेत आशंका गरिरहेको उनको आरोप छ । हामीलाई मात्र होइन यसमा कांग्रेसलाई पनि आशंका छ । उनले भने ।

संसद पुनस्थापना पनि नहुने र बाहिरी हस्तक्षेप पनि बढ्दै जाने हो भने आफूहरु चुल लागेर नबस्ने समेत उनले चेतावनी दिएका छन् ।
उनले भने, “अदालतबाट प्रतिनिधिसभा पुनस्स्थापना नहुने र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर बस्न सकिँदैन । बाहिरी हस्तक्षेप भए रामनाम जपेर बस्दैनौं । त्यस्तो स्थिति नआओस् ।”

प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले आफूलाई आन्दोलनमा जान आनाकानी गरिरहेको आरोप समेत लगाएका छन् । कांग्रेसलाई सँगै मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संयुक्त आन्दोलनमा जान समेत डा भट्राईले आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?