यसरी भरिदिए चर्चित र्‍यापर एकनले ६ सय मिलियन अफ्रिकी जनताको जीवनमा उज्यालो…

काठमाडौं । जब विश्वभरिका नामी र्‍यापरहरुको नाम लिइन्छ तब एउटा नाम छुटाइँदैन । त्यो हो एकन । सन् २००४ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका र्‍यापर, गायक एवम् कलाकार एकन अमेरिकन स्टार हुन् । उनको विश्वभर करोडौंको संख्यामा फ्यान रहेका छन् ।

प्राय सबै गीतहरु चर्चित नै छन् एकनका । तर आइ वान्न लभ यू, लोन्ली, डन्ट म्याटर राइट नाउ, बिउटीफूल जस्ता गीतहरुलाई भने स्रोताले अझै बढी रुचाइदिएका छन् । त्यसैले त सयौं नयाँ गीत बजारमा आइसक्दा पनि यी गीतहरु अझै गुन्गुनाइन्छन् । स्रोताले उनका गीतलाई ‘एभरग्रीन’को संज्ञा दने गरेका छन् ।

In 1 Year, Akon Did More For Africans Than Most Charities Did In Years: Helping 600 Million People

गीत तथा र्‍यापका साथसाथै उनी समाजसेवामा पनि निक्कै अग्रसर रहेका छन् । उनले अफ्रिकाका ६०० मिलियन व्यक्तिलाई बिजुली प्रदान गरेका छन् । हजुर हो, अफ्रिकाको एक जमात अन्धकारमै आफ्नो जीवनयापन गरिरहेको थियो । बिजुलीको पहुँचसमेत नभएको अफ्रिकाका दुर्गम क्षेत्रमा बसोबास गर्ने तिनै ६०० मिलियन भन्दा बढी अफ्रिकीहरूको जीवनमा एकनले साँच्चिकै उज्यालो भरिदिएका छन् ।

Hip hop artist Akon's grand solar energy plan for Africa | Design Indaba

त्यसपछि, एकनले एउटा च्यारिटीको आयोजना गरे । पछि उनले ‘एकन लाइटिंग अफ्रिका’ स्थापना गरे । जसका कारण प्रतक्ष्य ६०० मिलियन भन्दा बढी अफ्रिकी नागरीकहरुले उज्यालो पाए । उनले सन् २०१४ मा सोलारको प्रयोगले अफ्रिकाको उक्त ठाँउमा बिजुली निकालेका छन् ।

Akon Solar Electricity in Africa for 600 Million People - Alux

एकन र उनका साथीहरूले उठाएको यस कदमले अफ्रिकी जनतालाई उनीहरुप्रति आभारी बनाएको छ त्यसैले आजभोलि उनीहरुले एकनलाई ‘उज्यालोका देवता’का रुपमा हेर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?