रामायण र महाभारत दुबै कालमा थिए यी ५ महापुरुष !

काठमाडौं । तपाईलाई रामायणका सबै पात्रको नाम त थाहा नै होला । तर तपाईलाई रामायणमा रहेका यी ५ पात्रहरु महाभारतमा पनि थिए भन्ने कुरा सायदै थाहा छैन होला ।

को-को थिए त ति ५ पात्र ? हाज हामी तपाईलाई त्यसकै बारेमा जानकारी दिनेछौँ ।

१. हनुमान

रामायणका प्रमुख पात्र हनुमान महाभारतको समयमा महाबली भीमसँग पाण्डव बनवास गएको बेला मिलेका थिए । उनीहरु दुबै पवन पुत्र भएकोले दाजुभाईको रुपमा लिने गरिन्छ ।

२. परशुराम

त्यो बेला सबैभन्दा ज्ञानी कहलिएका परशुरामलाई कसले चिन्दैन र ? ति महापुरुष परशुराम नै थिए जसले २१ पटकसम्म क्षत्रियहरुलाई पृथ्वीबाट नाश गरेका थिए ।

रामायणमा उनको वर्णनभगवान श्रीरामले देवी सीताको स्वयंवरमा शिव धनुष तोडिसकेपछि आउने गर्दछ ।

त्यस्तै महाभारतमा उनको वर्णन भीष्मको गुरु रहेको र उनी भीष्मसँग एक भीषण युद्ध लडेको व्याख्या गरिन्छ । साथै परशुरामले महाभारतमा कर्णलाई पनि ज्ञान दिएका थिए ।

३.जाम्बवन्त

जाम्बवन्तको वर्णन रामायणमा श्रीरामको विशेष सहयोगीका रुपमा गरिएको छ ।

उनी जाम्बवन्त नै थिए जसले राम सेतु निर्माणमा प्रमुख भूमिका निभाएका थिए । त्यस्तै महाभारतमा पनि जाम्बवन्तले भगवान श्रीकृष्णसँग युद्ध गरेका थिए ।

४. मयासुर

यो कुरा सायदैलाई थाहा छ कि,रावणका शसुरा तथा मन्दोदरीका पिता मयासुर एक ठूला ज्योतिषी तथा वास्तुशास्त्रका ज्ञाता थिए ।

त्यस्तै ति मयासुर नै थिए जसले युधिष्ठिरका लागि सभाभवनको निर्माण गरेका थिए । उनी त्यसबेला मयसभाको नामबाट प्रसिद्ध थिए ।

उक्त सभामा नै वैभव देखेर दुर्योधन पाण्डवहरुसँग ईष्र्या गर्न थालेको थियो । त्यहि कारण नै महाभारतको युद्ध भएको थियो ।

 ५. महर्षि दुर्वासा

हिन्दूधर्मावलम्बीका महान ऋषि महर्षि दुर्वासा रामायणकालमा एक ठूला भविष्यवक्ताको नामबाट प्रसिद्ध थिए ।

उनले नै राजा दशरथलाई रघुवंशको राज बताएका थिए । त्यस्तै महाभारतकालमा पनि पाण्डवको निर्वासनका बेला महर्षि दुर्वासा द्रौपदीको परिक्षा लिन आएका थिए ।

उनले द्रौपदीको परिक्षाका लागि आफ्ना १० हजार शिष्यहरु लिएर कुटिमा पुगेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?