राजनीतिमा सफल हुन कस्तो योग हुनुपर्दछ ?

काठमाडौं । कुनै पनि मानिसले राज्यबाट पाउने मान सम्मान तथा पद प्रतिष्ठालाई राजयोग भनिन्छ ।

यदि कुण्डलीमा राजयोग परेको छ भने राज्यसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुन्छ ।

विशेष गरि कुण्डलीमा कस्ता कस्ता योग हुँदा राजनीतिमा कुनै पनि मानिस जनताको सहयोग तथा समर्थन पाई उच्च पद प्राप्त गर्दछ भन्ने कुराको विवेचना गरिएको छ ।

राजनीति भनेको राज्य सञ्चालन गर्न आवश्यक कानून निर्माण गरि त्यही कानूनका आधारमा देशमा शासन गर्नु भन्ने बुझिन्छ

। देश सञ्चालन गर्न आवश्यक पर्ने कानून र कानून कार्यान्वयन गर्ने गराउने व्यक्तिको कुण्डलीमा कस्तो प्रकारको राजयोग हुन्छ , जो व्यक्ति जनताबाट निर्वाचीत भई संसद,मन्त्री तथा प्रधानमन्त्री तथा कार्यकारि पदमा पुग्छ ।

कुण्डली तथा ज्योतिष शास्त्रमा राजयोग भएमात्र व्यक्ति एउटा कुसल राजनेता बन्न सक्छ ।

राजनीतिको प्रमुख कारक ग्रह सूर्य,चन्द्रमा, बृहस्पती तथा राहु मानिन्छन् र अन्य ग्रहहरुले पनि सपोर्ट गर्नुपर्ने हुन्छ ।

यदि कुण्डलीमा यी चार ग्रह राम्रो स्थितीमा हुनु जरुरी हुन्छ । कुण्डलीमा १२ भावहरु हुन्छन् । ति मध्य पहिलो भाव,चौथौ भाव,पञ्चम भाव,छैटौ भाव,नवम भाव, दसम भाव तथा ११ भावले राजनीतिको प्रतिनिधित्व गर्दछन् ।

पहिलो भाव व्यक्ति स्वयम हो जसले व्यक्तिको छवी,नेतृत्व क्षमता, चौधौँ भावले जनता तथा चुनाव,पाचऔँ भावले मन्त्री तथा मन्त्रीपरिषदमा उपस्थितीलाई जनाउँदछ । छैटौँ भावले प्रतिस्पर्धा तथा शत्रुको प्रतिनिधित्व गर्दछ ।

राजनीतिमा प्रतिस्पर्धामा अब्बल हुनु तथा प्रतिस्पर्धीमा शत्रुलाई परास्त गर्न जरुरी हुन्छ । नवौँ भावले प्रशासनिक क्षमताको प्रतिनिधित्व गर्दछ जुन क्षमता राजनेतामा हुनु आवश्यक हुन्छ ।

दसौँ महत्वपूर्ण भाव जसले राज्यको तथा सरकारको प्रतिनिधित्व गर्दछ । एघारौँ भाव जसले संसद को प्रतिनिधित्व गर्दछ ।

राज्यको कार्यकारी पदका पुग्नको लागि चुनाव जित्नु पर्ने तथा संसद हुनुपर्ने हुन्छ जुन एघारौँ भाव हेर्नु पर्दछ ।

कर्कट ,सिंह, तुला, धनु तथा मकर रासिले राजनीतिलाई सम्बोधित गर्दछ । सफल राजनेता हुनका लागि माथिको राशि तथा लग्न हुन उत्तम मानिन्छ ।

माथि उल्लेखित भाव तथा भावेसहरुको एक आपसमा पहिलो भाव,चौधौँ भाव,पञ्चम भाव नवौँ भाव दसौँ भावमा तथा एघारौँ भावमा यूक्ति भएको छ ,एक आपसमा घर परिवर्तन भएको छ तथा एक आपसमा दृष्टिसम्बन्ध भएमा राजयोग बन्दछ र सफल राजनेता भई समाजमा सम्मानित जीवन व्यतित गर्दछ ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?