गण्डकी प्रदेशलाई १ सय ३ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर-१ ले गण्डकी प्रदेशलाई १ सय ३ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २७ ओभर ४ बलमा अलआउट भएर १ सय २ रन मात्र बनायो ।

प्रदेश-१ का कप्तान सिद्दान्त लोहनीले २४ रन बनाए । मिनास थापा २२ रनमा आउट भए । यस्तै शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए ।

प्रदेश-१ लाई सस्तैमा समेट्न गण्डकीका विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेका थिए ।

यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए । आज गण्डकी र प्रदेश-१ पहिलो जितको खोजीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?