११ आश्विन २०७९, मंगलवार

जलविद्युत् सेवा सञ्चालन

२०७४,आश्विन,१७,मंगलवार ०७:१८

9
Shares

गुल्मी, १७ असोज ।गुल्मीको परोपकार सहकारी जलविद्युत् परियोजनाको अवरुद्ध हुँदै आएको लघु जलविद्युत् सेवा आजदेखि सञ्चालन भएको छ ।परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिद्वारा सञ्चालित उक्त परियोजनाको करिब २० मिटर नहरको पर्खाल मर्मत भएपछि विद्युत् सेवा पुनः सञ्चालन गरिएको व्यवस्थापक चन्द्र घर्तीले जानकारी दिए ।गत दुई हप्ता अगाडि अविरल वर्षासँगै मुसिकोट नगरपालिका–७ को बसेरीस्थित माथिबाट खसेको पहिराले विद्युत् नहरको पर्खाल बगाएपछि विद्युत् सेवा सञ्चालन भएको एक हप्तामै फेरि अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले बताए ।विद्युत् सेवा सञ्चालन भएसँगै मुनपा वडा नं १, २, र ८ गरी तीनवटा वडाका झण्डै एक हजार २०० घरधुरीका बासिन्दा लामो समयपछि बिजुली बाल्न पाउँदा र उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चार उपकरण लगायत विद्युतीय यन्त्रसमेत सञ्चालन हुन थालेपछि खुशी भएका छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०७:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार

काठमाडौं । नेकपा (एमाल)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लपार्टीले लडाईको रुपमा लिएको बताएका छन् । एमालेको जनसंगठन राष्ट्रिय

काठमाडौं । निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगले

ताजा समाचार

कोरोना अपडेट : ५४ जनामा संक्रमण पुष्टि
 २०७९,आश्विन,११,मंगलवार १६:३०
नेप्सेमा १५ अंकको वृद्धि
 २०७९,आश्विन,११,मंगलवार १६:२०