आज पनि घट्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा सोमवार (आज) पनि सुनको मूल्यमा गिरावट आएको छ ।

साताको पहिलो दिन आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ८ सय रहेको थियो । भने आज तोलामा २ सयले कमि आइ सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रवार प्रतितोला सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो । भने आइतवार तोलामा ७ सयले मूल्य आएको थियो ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार १ सय रहेको छ ।

आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ३० रहेको थियो । भने आजपनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?