युभेन्टसको उपाधि यात्रामा धक्का, इन्टर मिलानसँग पराजित

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टस पराजित भएको छ । आइतवार राति भएको खेलमा युभेन्ट्स इन्टर मिलानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

Image

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन आर्टुरो भिदाल र निकोलो बारेल्लाले एक एक गोल गरे । इन्टरका भिदालले खेलको १२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

Imageयुभेन्टसलाई पराजित गरेसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानमा रहेको इन्टरको ४० अंक रहेको छ । मिलानको पनि ४० अंक रहेको छ ।

युभेन्टस ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । यो हारले युभेन्टसको उपाधि यात्रामा समेत धक्का लागेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?