बराबरीमा रोकियो लिभरपुल, युनाइटेड शीर्ष स्थानमा कायमै

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ । आइतवार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाडेको हुन् ।

लिभरपुलको मैदानमा दुबै टोलीले मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै लिग लिडर युनाइटेडले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ ।

युनाइटेडले १८ खेलमा ३७ अंक जोडेको छ । लिभरपुल तेस्रो स्थानमा रहेको छ । लिभरपुलले ३४ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?