बार्सिलोनालाई पाखा लगाउँदै एथ्लेटिक बिल्बाओले चुम्यो स्पेनिस सुपर कपको उपाधि

लोकपथ
0
Shares

काठमाडौं । एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि चुमेको छ ।

आइतवार राति भएको फाइनल खेलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि चुमेको हो ।

Image

निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।

यस्तै अतिरिक्त समयमा बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो ।

लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो ।

Image

अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।

Image

तर, खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २-२ को बराबरीमा ल्याएका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?