सिद्धार्थ बैंकद्वारा सामुदायिक पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सामुदायिक पुस्तकालय निर्माणका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले आइतवार काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो ।

फाउन्डेसनले गोरखा सिरानचोक गाँउपालिका वडा नं. १, केराबारी स्थित शिला रेग्मी ९आत्रेय० सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्ने बैंकले जनाएको छ ।

सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामेश्वर प्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हुँदै आएकोे उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पुर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामाग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आइरहेको जनाएको छ ।

त्यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वित्तीय साक्षरता, वातावरण, शिक्षा, स्वास्थ्य, दुर्गम र विपन्न वर्ग समुदायको विकास, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्धन, दिगो विकास आदि जस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि विभिन्न योगदान पुर्‍याउँदै आइरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?