प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज सोमवार पनि सुनुवाइ जारी रहने भएको छ। संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि आज नियमित सुनुवाइ हुन लागेको हो।

हिजो भएको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए भने । निवेदककै तर्फबाट अधिवक्ता भण्डारी स्वयंले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको तर्क गरेका थिए ।
यस्तै अधिवक्ता डा भीमार्जुन आचार्यले वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख नगरिएको दाबी गरेका थिए।

प्रतिनिधि सभा विघटनको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि हिजोदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुरु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?