प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछ । आज समूह क मा रहेका बागमती र सुदूरपश्चिम तथा समूह बी मा रहेका गण्डकी र प्रदेश १ बीच प्रतिष्पर्धा हुन लागेको हो ।

बागमती र सुदूरपश्चिम बीचको खेल कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे शुरु हुनेछ भने गण्डकी र प्रदेश १ बीचको खेल मुलपानी क्रिकट मैदानमा हुनेछ ।

सुदूरपश्चिमविरुद्ध मैदान उत्रदा बागमती प्रदेश लगातार दोस्रो जितको खोजीमा हुनेछ । आइतबार भएको खेमा बागमतीले पुलिसमाथि ७ विकेटको जित निकालेको थियो ।

उता गण्डकी र प्रदेश १ दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् । यी दुबै टिमले अहिलेसम्म अंक जोड्न सकेका छैनन् । पहिलो खेलमा गण्डकी आर्मीसँग र प्रदेश १ एपीएफसँग पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?