‘एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगाण्डाका पछाडि नलागौं !’

काठमाडौँ– छिमेकी देश भारतमा भर्खरै औपचारिक भ्रमणमा गएर फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार तथा सम्मानमा झुकेर भारतीय रक्षा मन्त्री राजनाथ सिंहलाई नमस्कार गरेको तस्बीरलाई अतिरञ्चित तवरले सामाजिक सञ्जालमा ‘भाइरल’ गराइएको छ।

कतिपय सामाजिक सञ्जाल फेसबुक तथा ग्रुपमा यसरी झुक्नु हुँदैन भन्दै उक्त तस्बीर भाइरल गराइएको छ। तर उक्त तस्बीरलाई लिएर अहिले अज्ञात समुहले प्रोपोगाण्डा रचिरहेको छ।

तर ठिक त्यसै गरी केही समय पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उनले पनि शिष्टाचार तथा सम्मानमा झुकेर नै नमस्कार गरेको तस्बिर खिचिएको थियो। यसले हाम्रो पराम्परा तथा संस्कृति जिवितै रहेको प्रमाण दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?