राज्यमन्त्रीबाट हटाइएका दुगड प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

RSS
0
Shares

काठमाडौँ– प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड आज नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो । सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने छन्  ।

उनी  यसअघिका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाका स्थानमा नियुक्त  भएका हुन् । मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिश गर्ने विशेष सल्लाहकार दुगडले बताए ।

“औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयातनिर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ”, निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीले स्पष्ट गरे ।

सही बजेट विनियोजन, आयातनिर्यात, शेयर मार्केट, बैकिङ, राजश्व आदि विषयमा पनि आफू केन्द्रित हुने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?