प्रदेश २ मा सोमवार सार्वजनिक बिदा

काठमाडौँ– प्रदेश नम्बर २ सरकारले सोमवार सार्वजनिक बिदा दिने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आइतबार एक सूचना जारी गर्दै बलिदानी दिवसको अवसरमा प्रदेश दुईमा सार्वजनिक बिदा दिइएको घोषणा गरेको हो।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?