निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श, के भयो कुराकानी ?

लोकपथ
0
Shares

काठमाडौं – आगामी वैशाखमा तोकिएको चुनावका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग परामर्श गरेको छ ।

आज (आइतबार) विभिन्न दलका प्रतिनिधिहरु बोलाएर चुनावका विषयमा आयोगले छलफल गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले मतदान केन्द्र पुनरावलोकन कार्यक्रमका बारेमा जानकारी गराइ दलहरुको राय परामर्श लिएको जनाएको छ।

आयोगले राजनीतिक दलसँग चुनावको कार्यक्रममा सहभागी भइदिन तथा आमनागरिकलाई सहभागी हुनका लागि राजनीतिक दलका तर्फबाट सबैलाई सुसूचित गराउन तथा चुनाव सम्पन्न गर्नका लागि सहयोग समन्वय र सहजीकरण गरिदन, माघ १५ गते सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली अध्यावधिक गर्ने कार्य स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म सञ्चालन गर्ने र १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने लगायतका विषयमा समेत जानकारी गराउँदै दलहरुको राय लिएको हो ।

सरकारले सरकारले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि चुनावको मिति तोकेको छ।

सरकारले प्रतिनिधिसभाका लागि चुनाव घोषणा गरेपछि आयोगले तोकिएको मितिमा मतदान गराउन आवश्यक तयारी थालिसकेको जनाएको छ।

निर्वाचन आयोग स्रोतका अनुसार आचारसंहिता कार्यविधि परिमार्जन, बजेटको टुङ्गो र सामग्री व्यवस्थापन लगायतका काममा आयोगले तयारी गरीरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?