भक्तपुरबाट मोटरसाईकल चोर्ने पक्राउ

लोकपथ
0
Shares

काठमाडौं – भक्तपुरबाट मोटरसाईकल चोरी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकोपीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज (आइतवार) गौशाला क्षेत्रबाट २२० सिसिको पल्सर चोरी गर्ने अभियुक्तलाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नं. ९ घर भई साँखु बस्ने वर्ष २५ का रुद्र बहादुर श्रेष्ठले नम्वर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

उक्त मोटरसाईकल सिन्धुपाल्चोक तौथली घर भई साँखु बस्ने बर्ष २६ को विक्रम भन्ने भुवनराज श्रेष्ठले रुद्र बहादुर श्रेष्ठलाई दिएको खुल्न आएको छ ।

भक्तपुर नगरपालिका वडा नं ४ बस्ने सुमन सुवालको मोटरसाईकल भक्तपुर सुर्यबिनायकबाट हराएको भनि महाशाखामा निवेदन दिएका थिए ।
हराएको निबेदनको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र चोरीमा संलग्नलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

यस आ.व.मा चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?