हेर्नुहोस् २०७७ साल माघ ५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल माघ ०५ गते । सोमवार । इ.स.२०२१ जनवरी १८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी– पंचमी,१० बजेर २० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाभाद्रपदा,०९ बजेर १२ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग– परिध,२० बजेर ०८ मिनेट उप्रान्त शिब । करण–बालव,१० बजेर २० मिनेट उप्रान्त कौलव,२३ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर ३१ मिनेटमा । दिनमान २६ घडी २५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापारमा मन्दी आउने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामानको व्यापारमा कमी आएपनि विदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ । प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेको छ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिविआम्दानी बढाउन सकिनेछ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थितीरहनेछ । कृषी तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धार्मिक तथा पढाई लेखाईकै सवालमा लामो दुरिको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिती रहनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपश्थिती रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार बिस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शत्रुघरमा गोचर गर्ने चन्द्रमाले ऋण,रोग तथा सत्रुलाई रिमोभ गर्दै अगाडि बढन् सकिनेछ । साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानि बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत् आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिष्पर्धामा प्रतिष्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । बैंक तथा वित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्बन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेको छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यवसाय फस्टाएर जाने तथा सापटि दिईएका रकमहरु फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्वबाट सहयोग पाईनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवन साथीको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धी मुलक यात्रा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यवसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पत्ती तथा धातु संग्रह गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुशी हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?