उद्योग वाणिज्य महासंघमा रोजगारदाता परिषद् गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ ।

परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन् । परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यहरू विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल चुनिएका छन् ।

त्यसैगरी वस्तुगत संघ समूहबाट परिषद्को सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट सदस्यहरूमा उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगञ्ज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ रहेका छन् ।

त्यस्तै, प्रदेश समूहबाट परिषदको सदस्यहरूमा प्रदेश १ बाट राजेन्द्र राउत, वागमती प्रदेशबाट दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दिपक पौडेल चुनिएको महासंघले जनाएको छ ।

अन्य क्षेत्र र वर्ग मध्येबाट विनय उपाध्याय, शाजन शाक्य, शोभा ज्ञवाली, बावुकाजी कार्की चुनिएका छन् । त्यस्तै,परिषद्को आमन्त्रित सदस्यहरूमा क्रमशः प्रतिनिधिहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघका आङ दोर्जी लामा(ए.डी.), एनसेल नेपाल प्रा.लि.का रमेश घिमिरे र नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?