श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । पाल्पामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै ५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेजाड बस्ने बुद्दी दराईलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बुद्धिले शनिवार साँझ बारी खन्ने कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि रामपुर अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा उनको आइतवार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?