महादेवको निराकार लिङ्गको रुपमा नै किन पूजा हुन्छ ?

काठमाडौं । आदि र अन्तका देवता भनेर चिनिने भगवान शिवको न त कुनै स्वरुप छ न आकार । उनलाई साक्षात निराकार मान्ने गरिन्छ ।

आदि र अन्त नभएको कारण नै भगवान शिलाई निराकारुप मान्ने गरिन्छ ।साथै उनको साकार रुपमा शंकरको रुपमा उनलाई पूजा गरिन्छ ।

किन भगवान शिवलाई यहि रुपमा पूजा गरिन्छ ?

यो प्रश्न तपाईको मनमा पक्कै उठेको होला ।कि, किन भगवान शिवलाई निराकार लिङ्गको रुपमा पुजा गरिन्छ ।

लिङ्गको रुपमा पूजा गर्दा सारा व्रह्माण्डको पूजा हुन्छ । किनभने संसारको मूल कारण नै महादेवलाई मान्ने गरिन्छ ।

त्यति मात्रै होइन,भगवान शिवको मूर्ति तथा लिङ्ग दुबै रुपमा नै मानिसहरु अत्याधिक श्रद्धा र विश्वासका साथ पूजा गर्दछन् ।

शिवको अर्थ परम कल्याणकारी भन्ने हुन्छ । र लिङ्गको अर्थ हुन्छ, श्रृजन ।यसैबाट शिवको स्वरुप अवगत भएर शिवलिङ्गको अर्थ प्रमाण भन्ने हुन्छ ।

के छ वेदमा ?

तपाईलाई जानकारी गराऔँ कि, वेद र वेदान्तमा लिङ्ग शब्द सुक्ष्म शरीरको लागि उपयोगमा आउँछ ।

यो सुक्ष्म शरीर १७ तत्वबाट बनेको हुन्छ । त्यो तत्व हो, मन, वुद्धि, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र पाँच वायु ।

दोश्रो तर्फ वायु पुराणलाई मान्ने हो भनेप्रलयकालको बेला जब सारा श्रृष्टि लीन हुन लागेको बेला र फेरी श्रृष्टिकालमा प्रकट हुने बेलालाई लिङ्ग भन्ने गरिन्छ ।

पौराणिक कथा

समुन्द्र मन्थका बेला निस्किएको विषबाट सारा विश्व ध्वस्त हुन लागेपछि भगवान शिवले सबै विष पान गरेका थिए ।

त्यसैकारणले उनको नाम नीलकण्ठ भएको थियो । त्यस्तै महादेवले पान गरेको विषले उनको शरीरमा तापक्रम बढ्दै गएको थियो ।

त्यहि तापक्रम कम गर्नको लागि शिवलिङ्गमा जल चढाइने गरिन्छ । उक्त परम्परा आज पनि जारी नै रहेको छ ।

शिवमहापुराणका अनुसार

जब संसारका कर्ता धर्ता विष्णुले श्रृष्टिका रचयिता व्रह्मासँग मिलेर भगवान शिवसँग प्रश्न गर्दछन्, तपाई कसरी खुशी हुनुहुन्छ ? तयसको उत्तरमा शिवले भन्छन्, यदि मलाई खुशी बनाउन चाहानेले शिवलिङ्गको पूजा अवश्य गर्नुहोस् ।

त्यति मात्रै होइन,कुनै पनि प्रकारको समस्या नओओस् भन्नेले जल चढाएर शिवलिङ्गको पूजा गरेमा कुनै पनि समस्याले सताउने छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?