स्पेनिस सुपर कपको उपाधि भिडन्त : उत्रिएलान् त मेस्सी मैदान ?

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक बिल्वाओ भिड्दै छन् । दुई टोली बीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ ।

टोलीका कप्तान लियोनेल मेस्सीले बिल्वाओविरुद्ध खेल्ने सम्भावना न्युन छ । चोटका कारण मेस्सी प्रशिक्षणमा थिएनन् । प्रशिक्षक रोनाल्ड कोम्यान मेस्सीलाई खेलाएर जोखिम मोल्ने पक्षमा छैनन् ।

टोलीसँग एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, मार्टिन ब्रेथवेट, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगन जस्ता खेलाडी रहेको छ ।

यता, एथ्लेटिक बिल्वाओ बार्सिलोनालाई पनि स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । टोलीसँग राहुल गार्सिया, इनाकी विलियम्स, इकर मुनिएन, ड्यानी गार्सिया, ओस्कार डि मार्कोस, इनिगो मार्टिनेज, युनाइ नुनेज, एन्डर कापा र गोलरक्षक युनाई सिमोन रहेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?