मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने भन्दै आन्दोलनमा आफू लाठी खान तयार भएको बताएका छन् ।

अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु, तपाईहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ।’

‘प्रतिगमन’लाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?