नेपालमा थप ४ सय जना कोरोना संक्रमण मुक्त हुँदा थपिए २ सय ६६ जना संक्रमित

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९५९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख १२ हजार ४५२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २२१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?