भीम रावलले भने- ‘ओलीलाई नीति र सिद्धान्तका डल्लाले धेरै धोयौँ, तर…’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली भगौडा भएको आरोप लगाएका छन् ।

आइतवार (आज) प्रचण्ड-नेपाल निकट अनेरास्ववियूले काठमाडौंमा गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै रावलले त्यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा नेता रावलले प्रधानमन्त्री ओली गन्हाएको व्यंग्य गर्दै बालुवाटार जानै नसकिने अवस्था आएको टिप्पणी गरेका छन् ।

नीति र शिद्धान्तले वर्तमान प्रधानमन्त्री ओलीलाई जति धोए पनि नसुधारिएको उनको तर्क गरे । ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, बिधिको डल्ला ले धोयौं । उनले भने ।

धुँदा धुँदा कयौँ ड्रम सिद्धान्त, विधि र नीति सकिएपनि ओली नसुधारिएको भन्दै नेता रावलले चर्को आलोचना गरेका छन् । व्यंग्य गर्दै नेता रावलले ओली गन्हाएर बालुवाटार जानै नसकिने अवस्था आएको टिप्पणी गरे । त्यसरी धुँदा धुँदा कयौं ड्रमका ड्रम सिद्धान्त सकिए । विधि सकिए, नीति सकिए । तर अहिले बालुवाटार ओरिपरि गैइसक्नु छैन ओली गन्हाएका छन् ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?