प्रधानमन्त्री कप क्रिकेटमा वाग्मतीको विजयी शुरुवात

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले विजयी शुरुवात गरेको छ ।

आज (आइतवार) कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लवलाई ७ विकेटले पराजित गर्दै वाग्मतीले विजयी शुरुवात गरेको हो ।

पुलिसले वाग्मतीलाई दिएको १ सय १२ रन झिनो लक्ष्य वाग्मतीले मात्र ३४.४ बलमा ३ विकेट गुमाएर भेट्टायो । वाग्मतीका लागि पृथु बास्कोटाले नट आउट ४८ रन बनाए भने इशान पाण्डेले नट आउट १७ रनको योगदान दिए ।

त्यस्तै पारस खड्काले १७ रन जोड्दा आदील खानले १२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?