प्रधानमन्त्री कप : आर्मीको लगातार दोस्रो जित

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा आइतवार कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हात पारेको हो ।

आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको कर्णालीले ३३ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनायो ।

No description available.

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाए । हेमन्त ओलीले १६ रन जोड्दा दिनेश अधिकारीले १२ रन जोडे । आर्मीका सुशन भारीले ४ विकेट लिए । शाहब आलमले ३ र रोहित पौडेलले २ विकेट लिए ।

आर्मीका लागि अनिल मण्डलले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विनोद भण्डारीले ४१ रन बनाए । यस्तै राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन बनाए ।

कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले २-२ विकेट लिए ।

पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो । जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ ।

समूह ए मा रहेको आर्मी शीर्ष स्थानमा रहेको छ । कर्णालीले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?