सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी देशका विभिन्न स्थानमा गरी ११ जनाको मृत्यु भएको छ । ललितपुर, नवलपरासी (पूर्व), बर्दिया, सिन्धुली, पर्सा, सप्तरी, कास्की, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको हो ।

ललितपुरको गोदावरी नगरपालिका-२ लट्टा भन्ज्याङ्स्थित सडकमा बा४ ख ६२०८ नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर शनिवार राति दुर्घटना हुँदा टिपरका सहचालक काभ्रे पाँचखाल बस्ने १८ वर्षीय दिपेश मिजारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरका चालक काभ्रे पाँचखाल बस्ने २४ वर्षीय अजय तमाङको सोही अस्पतालमा उपचार भईरहेको छ ।

नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिका-४ चुलिबोझास्थित सडकमा लु३ त ७६०७ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई शनिवार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक देवचुली नगरपालिका-९ बस्ने २५ वर्षीय बिकास गोतामे मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका-५ वनविरस्थित सडकमा से२ प १३२१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ वनविर गाउँ बस्ने पैदलयात्री ५० वर्षीया उचानी थारुको शनिवार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको तिनपाटन गाउँपालिका-११ स्थित सडकमा ना६ त २७४४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिवार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३४ वर्षीया लालु माया तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी चकभडे पठाएकोमा ट्रमा सेन्टर काठमाडौं रिफर भएका छन् । फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्साको वीरगंज महानगरपालिका-१६ गणेशटोल नगवास्थित सडकमा ना२ ह ६६३९ नम्बरको ईलेक्ट्रोनिक रिक्साले ठेलालाई शनिवार साँझ ठक्कर दिँदा ठेला चालक सोही ठाउँ बस्ने ६० वर्षीय रामचरण साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल हुँदै नेशनल मेडिकल कलेज बीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । ईलेक्ट्रोनिक रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी खड्क नगरपालिका-८ गिरधारी राईस मिल नजिक सडकमा स १ त २५१२ नम्बरको रोकिरहेको ट्याक्टरमा मे।१ ज २४५२ नम्बरको सुमोले आइतवार बिहान ठक्कर दिँदा सुमोमा सवार हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सगरमाथा अंचल अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सुमोका चालक पाँचथर फिदिम नगरपालिका-३ बस्ने ३४ वर्षीय टेक बहादुर दर्जीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको छ । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका-१ याम्दीस्थित सडकमा बा२ च ७४१० नम्बरको जिप आफैँ अनियन्त्रित भई शनिवार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपचालक सोही महानगरपालिका-१० रामबजार बस्ने ५० वर्षीय प्रकाश पुन र जिपमा सवार सोही महानगरपालिका उत्तम चोक बस्ने ५२ वर्षीया चित्रा पुनको मृत्यु भएको छ । प्रकाशको पश्चिम क्षेत्रीय अस्पताल र चित्राको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ७ जनाको साहारा अस्पतालमा उपचार भईरहेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-१० सुकुनास्थित सडकमा बिआर ०६ जिडि ५५५२ नम्बरको ट्रकले बा८८ प ४६९६ नम्बरको मोटरसाइकललाई शनिवार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका-६ बस्ने २४ वर्षीय हित कुमार राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बयेरबन बस्ने ३५ वर्षीया डोल्मा राई तथा उनकी ११ वर्षीया छोरी सुनिमा राईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ट्रक चालक भारत बस्ने ५८ वर्षीय उमा शंकर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-२ आँपगाछी चोकमा को१ ख ५५२७ नम्बरको ट्रकले को ३२ प ६७१६ नम्बरको मोटरसाकललाई शनिवार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-१० बस्ने ३० वर्षीय बिक्रम चोम्जोङको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय साहिल तुलाधरलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ रानीखोलास्थित सडकमा प्रदेश १ ०२-०४१ प ४९७१ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका-१ विहिवारे बस्ने २६ वर्षीय सनम याख्खाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा धरान अस्पताल हुँदै नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । चालक सामान्य घाइते भएका छन् ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?