भीमार्जुन आचार्यको जिकिर- ‘बहुमतको प्रधानमन्त्रीले विघटनको कुरा उच्चारण गर्न मिल्दैन’

काठमाडौं । संविधानविद् एवम् वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्यले नेपालको संविधान२०७२ अनुसार प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नभएको जिकिर गरेका छन् ।

आइतवार (आज) सर्वोच्चमा संसद विघटनविरुद्ध परेका रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता आचार्यले संविधान अनुसार प्रधानमन्त्रीले दुई अवस्थामा बाहेक प्रधानमन्त्रीमा संसद विघटनको अधिकार नभएको स्पष्ट पारेका छन् ।

संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएमा र पहिलो प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा मात्रै प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने आचार्यले बताए ।

बहस गर्दै वरिष्ठ अधिवक्ता आचार्यले प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयमा संविधानले ुवु समेत उच्चारण नगरेको दाबी गरे ।

साथै संविधानको धारा ७६ प्रधानमन्त्रीले उपयोग नगरेमा कस्ले गर्छ ? भन्ने न्यायाधीशहरुको प्रश्नमा आचार्यले विकल्प नभएमा मात्रै प्रतिनिधि सभा विघटनको अधिकार हुने तर्क गरे ।

आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई राजनीतिक कारण देखाएपनि यो विशुद्ध संवैधानिक विषय भएको बताए । साथै बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटनको कुरा गर्न नहुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?