संविधानको हत्या गरी प्रधानमन्त्री ओली हाँसेर बसेको प्रचण्डको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओली हाँसेर बसेको टिप्पणी गरेका छन् ।

प्रचण्ड-नेपाल समूहको युवासंघले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद विघटनले संविधानको हत्या भएकाले आफू हाँस्न नसक्ने बताए ।

सात दशक लामो संघर्षबाट प्राप्त संविधानकै हत्या भएको ठहर गर्दै अझैपनि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली हाँसेर मात्रै बसेको बताए ।

साथै प्रधानमन्त्री ओलीले भ्रष्ट्राचारीहरुको संरक्षण गर्ने गरेको आरोप समेत प्रचण्डले लगाएका छन् । अख्तियार र अदालतमा भ्रष्ट्राचारसम्बन्धी मुद्दा रहेकाहरुलाई प्रधानमन्त्री ओलीले न्याधाधीश बनेर सफाइ दिने गरेको प्रचण्डको आरोप रहेको छ ।

प्रधानमन्त्री ओलीले आफूपनि भ्रष्ट्राचार नगर्ने र अरुलाई पनि भ्रष्ट्राचार गर्न दिन्न भन्ने अभिव्यक्ति जनतालाई मुर्ख बनाउन अघि सारिएको अभिव्यक्ति भएको आरोप लगाए । “म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्न भनेर उहाँ (प्रधानमन्त्री ओली) भन्नुहुन्छ। योभन्नदा भ्रष्टाचारविरोधी अर्को अभिव्यक्ति अर्को हुन सक्दैन । तर भ्रष्टाचारीलाई बचाउन र जनतालाई मुर्ख बनाउन अघि सारिएको अभिव्यक्ति हो यो” । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?