राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटघाट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

आइतवार (आज) बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न शीतलनिवास पुगेका थिए ।

भेटघाटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेसँगै सर्वोच्चमा त्यसको विरुद्ध दर्जन बढी रिटहरु परेका छन् । सर्वोच्चको संवैधानिक इजलासमा त्यसको सुनुवाइका लागि बहसहरु भइरहेका छन् । यसैक्रममा आजबाट निरन्तर सुनुवाइ सर्वोच्चले जनाएको छ ।

राष्ट्रपति भण्डारीसँग केहिबेर छलफल गरी प्रधानमन्त्री ओली बालुवाटार फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?