को थिए भगवान शिवका माता-पिता ?

काठमाडौं । भगवान शिवलाई महादेव, भोलेनाथ, शंकर, महेश, आशुतोष, रुद्र, निलकण्ठ आदि नामबाट पुकार्ने गरिन्छ । साथै तन्त्र तथा साधनामा शिवलाई भैरवको नामबाट चिन्ने गरिन्छ ।

भगवान शिव हिन्दू धर्मका प्रमुख देवताहरु मध्ये एक हुन् । तर के तपाईलाई भगवान शिवका मातापिता को थिए भन्ने कुरा थाहा छ ? छैन भने आज हामी तपाईलाई यसबारेमा जानकारी दिनेछौँ ।

श्रीमद देवी महापुराणका अनुसार भगवान शिवका पिताको विषयलाई लिएर एक कथा छ । देवी महापुराणका अनुसार एक पटक जब नारदजीले आफ्ना पिता व्रह्मासँग श्रृष्टिको निर्माण कसले गर्याे भन्ने प्रश्न राखेका थिए ।

साथै उनले त्रीदेवलाई कसले जन्मायो भन्ने प्रश्न पनि सोधेका थिए । त्यहि बेला व्रह्माले देवी दुर्गा र शिवस्वरुपको योगबाट त्रिदेवको उत्पत्ति भएको वर्णन सुनाएका थिए ।

यसको मतलवबाट सहजै भन्न सकिन्छ कि, दुर्गा तथा काल सदाशिवस्वरुप नै त्रिदेवका मातापिता हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?