कर्णाली प्रदेशलाई १ सय ९६ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ९५ रन बनायो ।

आर्मीका लागि अनिल मण्डलले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विनोद भण्डारीले ४१ रन जोडे ।

यस्तै राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन बनाए ।

कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले समान २र२ विकेट लिए ।

पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको थियो ।

समूह ए को आर्मीले १ खेलमा २ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?