वृज सिमेन्टद्वारा ‘नेपाल स्टार’ उत्कृष्ट ६ का सिद्धान्त खड्काको आवास निर्माणका लागि सहयोग

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारित बाइबाइ नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले आवास निर्माणको लागि सहयोग गरेको छ ।

सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउण्डबाट प्रवेश गरेका थिए । उनको आफनो गायनको श्रृङ्खलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले उक्त्त सहयोग गरेको जनाएको छ ।

अडिसन राउण्डदेखि आजको दिनसम्म आफनो मेहनत र परिश्रमले उत्कृष्ट ६ सम्मको यात्रा तय गरेको वृज सिमेन्टले उनलाई बधाइ ज्ञापन गरेको छ ।

“आफ्नो नेपाल स्टारको यात्राको दौरानमा निर्णायकको भुमिकामा रहनुहुने एक्सपर्टज्युहरु एवं नेपाल टेलिभिजनका आदरणीय दर्शक महानुभावहरुको मन, मुटु र ढुकढुकीमा बस्न सफल भई मन जित्न सफल हुनुभएको यस अवसरमा वृज सिमेन्ट यहाँलाई आगामी दिनको लागि सफलताको कामना गर्दछ ।” वृज सिमेन्टले भनेको छ ।

उनको प्रतिभाको मुल्यांकन गर्दै वृज सिमेन्टले उनको आवास निर्माणको लागि सहयोगको हात अगाडि बढाउन चाहेको बताएको छ । उक्त्त सहयोग घोषणा कार्यक्रम नेपाल स्टारको सुटिङ्ग स्थलमा नै उपस्थित भएर वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. का कार्यकारी निर्देशक मोहित केडियाले गरे ।

कार्यकारी निर्देशक केडियाले नेपाल स्टार जस्तो लोकप्रिय कार्यक्रम सञ्चालन गरी वृज सिमेन्टलाई यसमा स्थान दिनुभएकोमा नेपाल टेलिभिजन लगायत सबैलाई धन्यवाद दिएका छन् । यसको साथसाथै नेपाल स्टारमा देशभरबाट अडिसन राउण्डदेखि छानिएर अहिले अन्तिम प्रतिस्र्पधा गरिरहेका उम्मेद्वारहरुलाई उज्जवल भविष्यको सुखद यात्रा प्रारम्भ भएकोमा हार्दिक एव. शुभकामना समेत दिए ।

वृज सिमेन्टले नेपाल स्टारको Power By segment मा Sponsors  गर्दै आएको छ र Top 10 देखि सहभागीहरुको हौसला बढाउन “Experts of the Day” को घोषणा गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?