कैलालीमा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । कैलालीमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-२ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई घर पछाडि खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?