बागमतीसँग पुलिसको फितलो प्रदर्शन

लोकपथ
0
Shares

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता तेस्रो खेलमा विभागीय पुलिसले बागमती प्रदेशलाई १ सय १२ रनको झिनो लक्ष्य दिएको छ ।

त्रिभुवन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस निर्धारित ओभर सकिन ३१.३ ओभर बाँकी रहँदै १ सय ११ रनमा अल आउट भयो ।

खेलमा अमितले १० बलमा १ छक्का प्रहार गरे भने ओपनर कुशल भुर्तेलले १७ रन जोडे ।

पुलिसलाई आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले ३४ रनको साझेदारी गर्दै सम्हाल्न खोजे पनि लेगस्पिनर तिलकराज भण्डारीले आरिफलाई २१ रनमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काएपछि पुलिस झनै दवावमा पर्‍यो ।

दीपेन्द्र सिंह २१ रनमा क्याच आउट भए ।

बागमतीका नन्दन यादवले ९ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ४ विकेट लिएपछि पुलिस धरासायी भएको थियो । त्यस्तै, अर्का बलर तिलकराज भण्डारीले ७.३ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?