निर्वाचन आयोगले सबै दलहरुसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय छलफल गर्ने भएको छ ।

आयोगले आइतवार(आज) आगामी निर्वाचनबारे सर्वदलीय छलफल गर्न लागेको हो ।

सर्वदलीय छलफलका लागि आयोगले आज सबै दलका प्रतिनिधिहरुलाई कान्तिपथस्थित आयोगको कार्यालय बोलाएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । कोरोना महामारीबीच निर्वाचन सम्भव नभएको कतिपयको टिप्पणी रहेको छ । भने कोरोना भ्याक्सिन खरिद गर्नुपर्ने बेला अर्बौँ खर्च गरेर निर्वाचनमा जान नहुने कतिपयको टिप्पणी रहेको छ । आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति तय भएको छ । तर त्यहि मितिमा निर्वाचन हुने वा नहुने भन्नेमा दुविधा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?