कांग्रेस नेता बडुलाई मातृशोक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुलाई मातृशोक परेको छ ।

नेता बडुकी आमाको आइतवार निधन भएको हो ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै श्रद्धान्जली व्यक्त गरेका छन् । साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?