महाभारतका कर्ण बन्दै शाहिद कपूर

काठमाडौं । बलिउड अभिनेता शाहिद कपूर महाभारतका कर्ण बन्दैछन् ।

निर्देशक राकेश ओमप्रकाश मेहरासँग उनी फिल्म बनाउन लागेका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले महाभारतका सूर्यपुत्र कर्णको अभिनय गर्ने बताइएको छ ।

फिल्म यहि वर्षको अन्तिममा शूटिङ थाल्ने बताइएको छ ।

उनी अहिले जर्सीको शूटिङमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?